Loading...

Loading

Loading
(You are in the browser Reader mode)

भविष्यवाणीहरू

यही चित्रणलाई अगमवक्ता यशैयाले मुक्तिदाताको कार्य उद्देश्‍‍य निम्‍न शान्त्‍वनापूर्ण शब्दहरूद्वारा व्यवहार गरेका थिए, “सियोनलाई शुभ समाचार सुनाउने हो, तिमी अग्‍लो पर्वतमा जाऊ । यरुशलेमलाई शुभ समाचार सुनाउने हो, जोरसँग तिम्रो सोर उचाल्, सोर उचाल् नडराऊ । यहूदाका नगरहरूलाई भन्, “हेर, तिमीहरूका परमेश्‍‍वर यही हुनुहुन्छ ! ... उहाँले आफ्‍नो बगाललाई गोठालाले झैँ चराउनुहुनेछ । उहाँले थुमाहरूलाई आफ्‍नै अँगालोमा लिनुहुनेछ, र तिनीहरूलाई आफ्‍नै हृदयको नजीक बोक्‍नुहुन्छ” (यशैया ४०:९-११) । राजा दाऊद भन्दन्, “परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केहीको अभाव हुँदैन” (भजन २३:१) । पवित्र आत्माले इजकिएल मार्फत घोणा गर्नुभयो, “म तिनीहरूको एउटै गोठालो हुनलाई एउटा गोठालो नियुक्त गर्नेछु, त्यसले तिनीहरूको हेरचाहा गर्नेछ,” “हराएकालाई म खोज्‍नेछु, बाटो बिराएकालाई फेला पारेर म ल्याउनेछु । घाइतेलाई म मलह्‍म-पट्टी लगाइदिनेछु, निर्बललाई बलियो पार्नेछु ।” “म तिनीहरूसित शान्तिको करार बाँध्‍नेछु ।” “तिनीहरूलाई जाति-जातिहरूले कहिलयै लुटपीट गर्ने छैनन; ... तिनीहरूलाई सुरक्षितसाथ बस्‍नेछन्, र तिनीहरूलाई कसैले डर देखाउनेछैन” (इजकिएल ३४:२३, १६, २५, २८) । PHs 13.3

ख्रीष्‍टले यी भविष्यवाणीलाई आत्मासाथ गर्नुभयो, र उहाँको आफ्‍नो चरित्र र इस्राएलका अगुवाको चरित्रमा भिन्नता देखाइदिनुभयो । फरिसीहरूले एउटा भेडालाई भर्खरै खोरबाट लखटेका थिए किनकि उसले ख्रीष्‍टको शक्तिको गवाही बन्ने साहस गरेको थियो । तिनीहरूले एक यस्तो आत्मालाई सच्‍चा गोठालातर्फ जानबाट रोकेका थिए जसलाई साँचो गोठालाले आफूतिर आकर्षित गर्दै हुनुहुन्थ्यो । यसरी तिनीहरूले आफूलाई जिम्मा दिइएको कामप्रति अनभिज्ञ राखे र बथानको गोठालो बन्ने उनीहरूका भरोसाको अयोग्यता प्रकट गरे । येशूले अहिले तिनीहरूका सामुन्ने उनीहरू र असल गोठालाबीचको भिन्नता प्रस्तुत गर्नुभयो, र उहाँले स्‍वयम् आफैलाई परमप्रभुको एक साँचो गोठालाको रूपमा प्रस्तुत गर्नुभयो । तर यसो गर्नुअघि उहाँ स्‍वयम् आफ्‍नै बारेमा अर्कै चित्रण मार्फत बोल्‍नुहुन्छ । PHs 14.1

उहाँले भन्नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, जो भेडा-गोठको ढोकाबाट भित्र पस्दैन, तर अर्कोपट्टिबाट चढेर पस्छ, त्योचाहिँ चोर र डाँकू हो । तर ढोकाबाट भित्र पस्‍नेचाहिँ भेडाको गोठालो हो ।” तर फरिसीहरूले यी कुराहरू तिनीहरूका विरुद्धमा बोलिएको हुन् भनेर बुझेनन् । जब उनीहरू यी कुराहरूका अर्थ बुझ्‍न आ-आफ्‍ना मनमा गुन्न थाले तब येशूले स्पष्‍ट रूपमा बताउनुभयो, “ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ र खर्कमा चर्न पाउनेछ । चोर त चोर्न मार्न र नाश पार्न मात्र आउँछ । म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ ।” PHs 15.1

ख्रीष्‍ट नै परमेश्‍‍वरको भेडा-गोठको ढोका हुनुहुन्छ । आदिको समयदेखि नै उहाँका जनहरूले यसै ढोकाबाट प्रवेश पाएका छन् । येशूमा नै, देखाइएका नमूनामा, छाया पारिएका संकेतहरूमा भविष्यवक्ताहरूका वर्णनहरूमा र उहाँको चेलाहरूलाई प्रकाशन गर्नुभएका पाठहरूमा, र मानिसका पुत्रहरूका बीचमा गरिएका आश्‍चर्यकर्महरूमा तिनीहरूले “संसारको पाप उठाइलैजाने परमेश्‍‍वरको थुमा” लाई देखे (यूहन्ना १:२९), र उहाँद्वारा नै तिनीहरूलाई उहाँको अनुग्रहको भेडा-गोठमा ल्याइएका छन् । धेरै मानिस अरू विषयवस्तुहरू प्रस्तुत गर्दै संसारको विश्‍‍वास जित्‍नका लागि आएका छन्; संसार र त्यसका धार्मिक विधि विधानहरू र कानूनहरू रचिएका छन् जसद्वारा मानिस परमेश्‍‍वरको शान्ति र न्यायलाई प्राप्‍त गर्ने आशा गर्दछन्, र यसरी उहाँको भेडा-गोठमा प्रवेश पाउने आशा गर्दछन् । तर ढोका ख्रष्‍टि मात्र एउटा हुनुहुन्छ, र जस-जसले ख्रीष्‍टको स्थान ओगटन केही व्यवधान गरेका छन्, जो जति सबै अरू कुनै उपायबाट भित्र पस्‍न खोज्छन् भने तिनीहरू चोर र डाँकाहरू हुन् । PHs 15.2

फरिसीहरूले त्यस ढोकाबाट प्रवेश गरेका थिएनन् । तिनीहरू ख्रीष्‍टबाट बाहेक अर्कोपट्टि चढेर भेडा-गोठभित्र पसेका थिए, र तिनीहरूले साँचो गोठालाको भूमिका निभाइरहेका थिएनन् । पूजाहारीहरू र शासकहरू, फरिसी र धर्म-गुरुहरूले जीवित चरनहरूलाई नष्‍ट पारे र जीवनको पानीका मुहानहरूलाई अशुद्ध पारे । परमेश्‍‍वरको वचनले ठीक प्रकारसँग यस्ता झूटा गोठालाहरूको बारेमा वर्णन गरेको छ: “तिमीहरूले दुर्वलहरूलाई बलिया पारेका छैनौ, बिरामीलाई निको पारेका छैनौ, घाइतेलाई मलमपट्टी लगाइदिएका छैनौ । तिमीहरू बाटो बिराएकालाई बाटोमा ल्याएका छैनौ; ... तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोरतासाथ शासन गरेका छौउहाँद्वारा (इजकिएल ३४:४) । PHs 15.3